२१औं शताब्दी सूचना प्रविधिको युगको रुपमा आफूलाई परिचित गर्दै अघि बढिरहेको छ । मानव समाज प्रविधीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएको छ ।तुलनात्मक रुपमा नेपालभरिका सहकारी र सहकारीकर्मीहरुले सूचना प्रविधीको बहुआयामिक प्रयोगबाट कम लाभ लिईरहेको देखिनछ।यसबाट अधिकतम लाभान्वित बनाउन सहकारी क्षेत्रमा सूचना प्रविधीको उपयोगलाई समय सापेक्ष बनाउँदै लैजाने कार्यलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको देखिन्छ । यस अवस्थामा आधुनिक प्रविधिको प्रयोग, डिजिटल प्रविधिमा आधारित सेवाहरु, र नविनतम सूचना प्रणालीको उपयोग गरी सहकारीहरूको क्षमता अभिवृद्धि गर्ने जस्ता महत्वपूर्ण कार्यहरु गरने ध्ययेले यस सहकारी र प्रविधीको परिकल्पना गरिएको हो । सहकारी संस्थाहरु तथा सहकारीकर्मीहरुको क्षमता अभिवृद्धिका लागि निरन्तर तालिम र प्रशिक्षण कार्यक्रमहरु गर्न अनिवार्य हुन्छ । यसबाट डिजिटल साक्षरता, प्रविधिको प्रयोग, डेटा व्यवस्थापन, र नविनतम आर्थिक उपकरणहरुको उपयोगका बारेमा ज्ञान प्रदान हुनेछ । साथै, सहकारीकर्मीहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उनीहरुको कार्य सम्पादनमा डिजिटल उपकरणहरुकोउपयोगलाई प्रोत्साहित सहकारी क्षेत्रलाई आधुनिक प्रविधिको फाइदा लिई आर्थिक विकास र सामाजिक सशक्तिकरणको दिशामा अघि बढाउन सकिन्छ ।
सहकारी संस्थाहरुले डिजिटल प्रविधिहरूको प्रयोग गरी आफ्नो संचालनलाई थप पारदर्शी, प्रभावकारी, र सदस्यमैत्री बनाउन सक्छन्। सदस्यहरुको सहज पहुँचको लागि अनलाइन सेवाहरु, मोबाइल एप्स, र डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउनु पर्छ। यसरी, सहकारीले नविनतम प्रविधिको उपयोग गरी सदस्यहरुको विश्वास जित्न र नयाँ सदस्यहरु आकर्षित गर्न सक्छन्। आजको डिजिटल युगमा, प्रविधि र सहकारीहरूको मिलनले नयाँ सम्भावनाहरू खोलेको छ।हाम्रो वेबसाइटको उद्देश्य नेपालका सहकारी संस्थाहरूसँग प्राविधिक साझेदारीलाई प्रवर्धन गर्नु हो, जसले तिनीहरूलाई अधिक प्रभावकारी र समृद्ध बनाउन मद्दत पुर्याउँछ। हाम्रो दृष्टिकोणले सहकारीहरूलाई आधुनिक प्रविधिको माध्यमबाट सशक्त पार्न र तिनीहरूको व्यवस्थापन क्षमता सुधार्नमा ध्यान केन्द्रित गरेको छ। हामी प्राविधिक समाधानहरू, स्रोतहरू, र प्रशिक्षणका अवसरहरू प्रदान गरेर, सहकारीहरूको कार्यसम्पादन र समुदायको जीवनस्तर उकास्न प्रयास गर्दैछौं।हाम्रो लक्ष्य भनेको सहकारी संस्थाहरूलाई प्रविधिक साक्षरता र नवाचारमा अगाडि राख्नु हो, जसले गर्दा तिनीहरू अझ बढी प्रभावकारी र दिगो हुन सक्छन् सहकारी संस्थाहरूलाई प्राविधिक दृष्ट्रिकोणबाट सशक्त पार्नाले तिनीहरूलाई विविध चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ र ग्रामीण विकासमा योगदान पुर्याउँछ । हामीलाई विश्वास छ कि सहकारी र प्रविधिको यो प्रयासले नेपालको सहकारी क्षेत्रको प्राविधीक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ। हाम्रो यस नविन कार्यमा संलग्न भई प्रविधीमैत्री समाज निर्मानमा हातेमालप गर्नुहुनको निम्ती सबै सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछौ ।
9865375975
coopinict@gmail.com
Kathamandu
© 2025. All Rights Reserved by coopinict